Logo

अर्थ

माछापुच्छ्रे बैंकद्वारा ५ वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह



काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै ५ वर्षभन्दा अगावै सम्पन्न साधारण सभाबाट पारित भएको आव २०७४/७५ र २०७५/७६ सम्मको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।

लाभांश सूचना प्रकाशित भएको १ महिनाभित्र बुझिसक्नु पर्ने बैंकले जनाएको छ । निर्धारित समयभित्र लाभांश बुझ्न नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ ।

नगद लाभांश लिन बाँकी सेयरधनीहरुको विवरण बैंकको वेबसाइटमा राखिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १०:५२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।