Logo

अर्थ

प्रभु बैंकको नाफा ५ अर्ब ४४ करोड, लाभांश क्षमता कति?



काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक बर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा साढे १० गुणाले बढाएको हो ।

बैंककाे गत आर्थिक वर्षमा खुद नाफा ५ अर्ब ४४ करोड रुपैयाँ कमाएकाे छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा जम्मा ५१ करोड रुपैयाँ थियो ।

बैंकको नाफामा उच्च वृद्धि देखिनुको प्रमुख कारण कर्जा नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) वापत छुट्याइएको रकम फिर्ता हुनु हाे । अघिल्लो आर्थिक वर्ष बैंकले कुल सञ्चालन आम्दानीबाट ४ अर्ब ७१ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज कटौती गरेकोमा अहिले २ अर्ब ५१ करोड रुपैयाँ फिर्ता लिन सफल भएको छ । कुल सञ्चालन आम्दानीमा २ अर्ब ५१ करोड रकम थपिँदा नाफामा उल्लेख्य वृद्धि देखिएको हो ।

तर खुद ब्याज आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले ११ अर्ब ८९ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब १९ करोड रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी पहिले २ रुपैयाँ १७ पैसा रहेकोमा अहिले २३ रुपैयाँ १२ पैसा छ । बैंकको निष्क्रिय कर्जा पहिले ४.९४ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म ४.९६ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा ४.४४ रुपैयाँ छ ।

 

 

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार ११:१५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।