काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ लाख ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँ मात्रै घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।




















प्रतिक्रिया