आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुर पहिलो नम्बरमा रहेको बताए ।
बुधवार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले गत आर्थिक वर्ष २०८१/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरु बैकिङ कसुरका दर्ता भएको जानकारी दिए ।
गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उनकाअनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् ।
त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबरजस्ती करणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेको उनले बताए । चोरीका ९५१, ठगीका ७४७, लागू औषधका ४३१, आत्म हत्याका ३३२, जबरजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।
औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए। उनकाअनुसार यी १० प्रकारका मुख्य संख्याका अपराधहरुले जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।
उनले भने, ‘१० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दा हामीले हेर्यौँ भने बैकिङ कसुरका मुद्दाहरु सबैभन्दा टपमा छन् । ६ हजार ५५३ वटा केसहरु बैकिङ कसुरका छन् ।
त्यसपछि हामीले अभद्र व्यवहारका मुद्दा १ हजार ९५३ छ । त्यसपछि क्रमशः चोरी, ठगी, लागु औषध, आत्महत्त्या, जबरजस्ती करणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरु रहेका छन् ।
औसतमा हेर्ने हो भने १२ हजार ९ सय १५ वटा केसलाई हामीले ३ सय ६५ दिनमा विभाजन गर्यौँ भने यो चाँहि ३५ वटा प्रतिदिन मुद्दा दर्ता भएको देखिन्छ ।
यी १० प्रकारका मुख्य संख्याका अपराधहरु हुन् । यीनीहरुले चाँही जम्मा मुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् । त्यसमा पनि सबैभन्दा ठूलो भोल्युम चाहिँ बैकिङ कसुरमा रहेको छ ।’




















प्रतिक्रिया