काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियाे । यो नाफा गत आर्थिक वर्षको तुलनामा ४९.५३ प्रतिशत बढी हो ।
बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी १० अर्ब ८ करोड २४ लाख रुपैयाँ गर्दा खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब २५ करोड ५२ लाख छ । बैंकको कुल सञ्चालन आम्दानी १२ अर्ब ८४ करोड ३७ लाख रहेको छ भने सञ्चालन नाफा ५ अर्ब ३८ करोड २५ लाख छ ।
अघिल्लो वर्ष १ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ। बैंकको प्रतिसेयर आम्दानी पनि १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ ।
चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरी त्यसबाट ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।




















प्रतिक्रिया