काठमाडौं । लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब ९२ करोड रुपैयाँ थियो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३६ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष ११ अर्ब ३७ करोड रुपैयाँ छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्ष कर्जा नोक्सानी व्यवस्थापनवापत ३ अर्ब ५८ करोड रुपैयाँ छुट्याएकोमा गत आर्थिक वर्ष यो रकम घटेर १ अर्ब १८ करोड रुपैयाँ छ ।
वार्षिक प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्ष १२.५९ रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १६.९१ रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा ३ अर्ब रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १२.३४ रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्ष कुल कर्जामा यस्तो कर्जा ४.६३ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म झरेर ४.२५ प्रतिशत छ ।




















प्रतिक्रिया