काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार ७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ती कोषमा ६२ लाख ११ हजार, रिडेन्ड अर्निङमा ४ करोड ८१ लाख ५७ हजार र अन्य इक्विटीमा ३५ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
कम्पनीले समीक्षावर्षमा ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको ४ करोड २२ लाख रुपैयाँभन्दा ९८५ प्रतिशतले बढी हो। त्यसैगरी, खुद बीमाशुल्क ३९ करोड ९५ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा ९८२ प्रतिशत वृद्धि हो ।
कम्पनीले पुनर्बीमा मार्फत ५ करोड ८५ लाख रुपैयाँ खर्च गरेको छ भने अघिल्लो वर्ष यो खर्च ५२ लाख ३० हजार थियो ।
समीक्षा अवधिमा कम्पनीले ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो वर्षको २२ लाख २९ हजार रुपैयाँभन्दा उल्लेखनीय वृद्धि हो । साथै, कम्पनीको जीवन बीमा कोष २१ करोड ४९ लाख रुपैयाँ पुगेको छ।




















प्रतिक्रिया