Logo

प्रमुख समाचार

रवि लामिछाने निकट मोहन थापाको अमेरिकाले ग्रिनकार्ड खारेज गरेपछि नेपाल फिर्ता



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने निकट मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्ट ९निष्कासन०मा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् ।

म्याग्दी घर भएका थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य हुन् । अमेरिकी प्रशासनले उनको ग्रिनकार्ड खारेज गर्दै नेपाल फिर्ता पठाउने निर्णय गरेको थियो । साउन २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको थियो ।

उनलाई फारम भर्न लगाएर रिहा गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए । उनले भने, ‘नेपालमा कुनै पनि मुद्दामा उहाँ नदेखिएपछि हामीले फारम भर्न लगाएर पठाएका छौँ ।’

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार २१:०४   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।