काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ६४ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६ अर्ब ७५ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ४ अर्ब १० करोड रुपैयाँ थियो ।
बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १५ अर्ब ११ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १४ अर्ब १२ करोड रुपैयाँ छ ।
त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्ष ५ अर्ब ११ करोड छुट्याएकोमा गत आर्थिक वर्ष ५७ करोड छुट्याइएको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८० पैसा छ । बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख रुपैयाँ छ ।
प्रतिसेयर वितरणयोग्य नाफा १ रुपैयाँ ४४ पैसा हो । यो बैंकले पनि चालु आर्थिक वर्ष लगानीकर्तालाई सम्भवत लाभांश दिँदैन । प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया