Logo

प्रमुख समाचार

विभिन्न कसुरमा यूएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपालीलाई सजाय माफ गरेको छ ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार ०७:१५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।