Logo

अर्थ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान समयभन्दा एक घण्टा अगाडि अध्यागमनमा पुगिसक्नुपर्ने



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले रातिको समयमा प्रस्थानतर्फ यात्रुहरूको अत्यधिक चाप हुने भएकाले अन्तर्राष्ट्रिय उडानका यात्रुहरूलाई उडान समयभन्दा कम्तीमा एक घण्टा अगाडि अध्यागमन क्षेत्रमा प्रवेश गर्न आग्रह गरेको छ ।

अन्तिम समयमा यात्रुको चाप हुँदा कागजात परीक्षण गर्न पर्याप्त समय नहुने भन्दै कम्तीमा एक घन्टा अगाडि पुग्नुपर्ने व्यवस्था गरिएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।

अध्यागमन विभागले शुक्रबार विमानस्थलमा खटिने सबै एयरलाइन्स कम्पनीसहित सरोकारवाला निकायबीच छलफल समेत गराएको थियो । त्यसपछि यो निर्णय लिइएको हो ।

सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई यात्रुहरूलाई समयमै चेक-इन गराएर अध्यागमनतर्फ पठाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आईतवार १३:२१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।