काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ मा कुल १ खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । प्राधिकरणले गत आवमा विद्युत् बिक्रीबाट मात्रै १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।
अन्य आम्दानी गरी १ खर्ब ३८ अर्ब ८७ करोड नाफा पुगेको हो ।
विद्युत् निर्यातबाट मात्रै १७ अर्ब ४७ करोड १० लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८.४६ प्रतिशतले बढी हो ।
तर आम्दानी वृद्धि भए पनि नाफा भने घटेको छ । प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो आवको तुलनामा ३७.३२ प्रतिशतले कम हो ।
कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । सञ्चालन खर्च मात्रै १०.१५ प्रतिशतले बढेर ९७ अर्ब ७८ करोड ७० लाख पुगेको छ । विद्युत् खरिदतर्फ खर्च ११.७३ प्रतिशतले वृद्धि भई ७७ अर्ब १० करोड पुगेको छ ।
अन्य प्रमुख खर्चहरूमा उत्पादनमा २ अर्ब ७ करोड, प्रसारणमा ३ अर्ब २४ करोड, वितरणमा १२ अर्ब २२ करोड, र रोयल्टीमा १ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ ।
प्राधिकरणको कुल सम्पत्ति भने ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ ।




















प्रतिक्रिया