काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’का इकाइहरु खरिदका लागि आवेदन दिने म्याद थप गरिएकाे छ ।
यो म्युचुअल फन्डका इकाइ खरिदका लागि गत साउन २९ गतेबाट आवेदन दिने व्यवस्था गरिएको थियो । यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २ गते भनिएको थियो । तर, मागबमोजिम आवेदन नपरेकोले यो योजनाको निष्कासन बन्द अब भदौ १२ गते बैंकिङ समयपछि हुनेछ ।
योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल र कोष प्रवद्र्धक एनआईसी एसिया बैंक रहेका यो खुलामुखी योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणका लागि ५ करोड इकाइको सार्वजनिक निष्कासन गरिएको छ ।
यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन पाउनेछन् । इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सकिने छ।




















प्रतिक्रिया