काठमाडौं । विश्वव्यापी कोभिड महामारी, विद्युत अभाव लगायत समस्याले प्रभावित भएको रिलायन्स स्पिनिङ मिल्स उद्योगले पुनः आफ्नो गति समातेको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगले अघिल्लो वर्षभन्दा ४२ प्रतिशत नाफा कमाएको हो । कम्पनीले सोमबार सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणअनुसार आव २०८१/८२ मा कुल १ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । यस्तो नाफा अघिल्लो आवभन्दा झन्डै ४२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आव २०८०/८१ मा ८६ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो ।
२०५४ सालमा स्थापित देशको अग्रणी रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादन नेपालभित्र खपत हुनुका साथै भारत, टर्की लगायत देशमा निर्यात हुने गरेको छ । वार्षिक ५ करोड अमेरिकी डलर बराबर निर्यात हुन्छ । यो नेपालको सबैभन्दा ठूलो स्पिनिङ उद्योग हो ।
कम्पनीले आवमा १० अर्ब २३ करोड ८३ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको व्यापार गरेको वित्तीय विवरणमा उल्लेख छ । आव २०८०/८१ मा भने ९ अर्ब २० करोड ६० लाख ८ सय ३१ रुपैयाँ बराबरको व्यापार गरेको थियो ।




















प्रतिक्रिया