Logo

अर्थ

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा १२०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

मंगलबार छापावाल सुन तोलामा १ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदी मंगलबार घटेर २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार ११:१६   :  बजे

219
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।