Logo

अर्थ

नाडा अटो शो उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी र काम गर्न कुनै बाधा नरहेको बताएका छन् । भृकुटीमण्डपमा मंगलबार १७औं नाडा अटो शोको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।

‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौं । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन,’ उनले भने ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १५:०६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।