काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र मन्त्रालयका सचिव केशवकुमार शर्माबीच कार्यसम्पादन सम्झौता भएको छ ।
मंगलबार मन्त्रालयमा भएको कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री दाहालले सम्झौतामा उल्लेखित लक्ष्यहरु प्राप्तिका लागि आवधिक लक्ष्य र योजना तर्जुमा गर्न निर्देशन दिए ।
‘सम्झौतामा मूलभूत लक्ष्यहरु समेटिएका छन्’ मन्त्री दाहालले भने,‘प्रधानमन्त्रीले मन्त्रीहरुसँग सम्झौता गर्नुभएको छ, त्यहि अनुसार आज मन्त्री र सचिव विच सम्झौता भयो । यसलाई मार्गदर्शन ठानेर लक्ष्य प्राप्तिमा लाग्नु हुने छ भन्ने विश्वास छ ।’
गत आर्थिक वर्षमा सवैको मेहनतका कारण पूँजीगत खर्चको नतिजा राम्रो भएपनि त्यसमा ढुक्क नभई थप उच्च नतिला निकाल्ने गरि काम गर्न निर्देशन दिए ।
सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयलाई उच्च नतिजा हाँसिल हुने गरि कार्यसम्पादन गर्न उनको निर्देशन छ ।
गत साउन २९ गते प्रधानमन्त्री र मन्त्रीहरु विच कार्यसम्पादन सम्झौता भएको थियो । सोहि अनुसार मन्त्री र सचिव विच सम्झौता भएको र अब सचिव तथा विभागीय प्रमुख एवम् महाशाखा प्रमुखहरु विच सम्झौता गरिने मन्त्रालयका सहसचिव बलराम रिजालले जानकारी दिए ।




















प्रतिक्रिया