काठमाडौं । आज सेयर बजार बढेकाे छ । नेप्से परिसूचक ९.७६ अंकले बढेर २७८० को विन्दुमा कायम भएको छ ।
आज १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्य घटेको छ ।
आज ५ अर्ब ६३ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै यूनाइटेड मोदीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सान्भी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनी लगानीकर्ताले ६.९८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.१४ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया