Logo

अर्थ

एनआइएमबी बैंकले ६.२९ प्रतिशत ब्याजदरमै गाडी कर्जा दिने



काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा (एनआइएमबी) बैंकले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् ।

बैंकले हालको लागि गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरेको छ, जुन भदौ महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थपेर निर्धारण गरिएको हो ।

दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको अवसरमा नयाँ गाडीको सपना पुरा गर्न चाहने ग्राहकहरूलाई थप सहजता दिने बैंकको अपेक्षा छ ।

सीमित समयका लागि लागू हुने यो विशेष सुविधा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभरका शाखा मार्फत उपलब्ध हुनेछ । बैंकले २७५ शाखा, ६५ एक्सटेन्सन काउन्टर, २६४ एटीएम र ६० शाखारहित बैंकिङ्ग मार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १०:२०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।