Logo

अर्थ

नाडा अटो शो: टाटा मोटर्सकाे नयाँ ईभी मोडल र अफरहरु सार्वजनिक



काठमाडौं । नाडा अटो शोमामा टाटा मोटर्सले नयाँ विद्युतीय गाडीसँगै अफरहरु पनि सार्वजनिक गरेको छ । सिप्रदी ट्रेडिङसँगको साझेदारीमा टाटाले टिआगो डट ईभीको नयाँ आकाशी नीलो रंग पहिलो पटक सार्वजनिक गरेको हाे ।

यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख ईभी मोडलहरूमा Curvv.ev, Nexon K3.ev, Punch.ev र Tiago.ev रहेका छन। यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य-मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको भनाई छ ।

यसै अवसरमा, टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ, जसअन्तर्गत—

सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क DC Fast Charging
आकर्षक Discounts र Best Exchange Valuation
३ वर्षसम्म निःशुल्क Servicing
निःशुल्क AutoPlus Insurance
निःशुल्क Accessories र १ वर्षको Vehicle Tax
घरमै निःशुल्क Charging Station Installation
निःशुल्क Embossed Number Plate

अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ। Tata Passenger Electric Mobility Ltd. का इन्टरनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार, टाटाले यसपटक प्रस्तुत गरेको नवीन EV पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ।

सिप्रदी ट्रेडिङ प्रा. लि. का सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।

टाटाले यसै अटो शोमा नयाँ Safari पनि सार्वजनिक गरेको छ, जसमा ADAS, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन्। यसको मूल्य रु. १२,१९९,००० बाट सुरु हुन्छ।

नाडा अटो शो २०२५ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ । टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण अटोप्रेमीहरूलाई आफ्ना नयाँ मोडल र सीमित अवधिका अफरहरू अवलोकन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १२:२७   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।