Logo

अर्थ

सेयर बजारमा ९.७० अंकको गिरावट, ५ अर्ब २० करोडको कारोबार



काठमाडौं । आज सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ९.७० अंकले घटेर २७६७ को विन्दुमा कायम भएको छ ।

आज ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब २० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको २५ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।  यस कम्पनीका लगानीकर्ताले ९.०३ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १५:२५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।