Logo

अर्थ

प्रोटोन नेपालको नयाँ कीर्तिमान, पोखरामा १० वटा इलेक्ट्रिक एसयूभी एकैपटक हस्तान्तरण



पोखरा । प्रोटोन मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा एकैपटक १० वटा ‘प्रोटोन इमास ७’ इलेक्ट्रिक एसयूभी ग्राहकलाई हस्तान्तरण गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा प्रोटोन मलेसिया र जगदम्बा मोटर्सका उच्च व्यवस्थापनका अधिकारीहरूको उपस्थितिमा गाडीहरू हस्तान्तरण गरिएको हो ।

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले यो सामूहिक हस्तान्तरणले ग्राहकको विश्वासलाई दर्शाएको बताए । उनले भने, ‘यो ग्रिनर नेपाल तर्फको हाम्रो यात्राको सुरुवात मात्र हो।’

कम्पनीका अनुसार प्रोटोन इमास ७ मा १६० किलोवाटको मोटर, फराकिलो भित्री भाग, उन्नत सुरक्षा प्रविधि र ८ वर्षको ब्याट्री वारेन्टी जस्ता विशेषताहरू छन् ।

 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १०:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।