Logo

अर्थ

नेपालबाट विद्युत् निर्यात ११ सय मेगावाट नाघ्यो



काठमाडौं । भारतले नेपालका मेवा खोला (४८.५ मेगावाट) र करुवा सेती (३१.०४ मेगावाट) जलविद्युत् आयोजनाबाट उत्पादन भएको थप ८० मेगावाट विद्युत् खरिद गर्न अनुमति दिएको छ ।

यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो  ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत बंगलादेश निर्यात भइरहेको छ । यी सबै गरेर नेपालबाट कुल निर्यात हुनसक्ने परिमाण ११ सय ३० दशमलव ९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

पछिल्लो अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मका लागि मान्य हुनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार ११:३४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।