काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा फोटोन गाडीको वितरक एमएडब्लू वृद्धिले गाडीहरूमा आकर्षक अफर सार्वजनिक गरेको छ ।
कम्पनीले शोमा ३ वर्षको निःशुल्क सर्भिस, २५ हजारको सपिङ भौचर, सुपर अटो इन्स्योरेन्स, र २ लाखभन्दा बढीको लाभ दिने अफर सार्वजनिक गरेको छ ।
जी७ पिकअप मा २००० सीसी डिजेल इन्जिन, १६० एचपी पावर, ३९० एनएम टर्क र सनरुफसहितको लक्जरी सुविधा समावेश छन् ।
शोमा फोटोनले जी७ का मोडेल बेस भेरियन्ट, फ्ल्यागसिप (अटो प्लस म्यानुअल) र लक्जरी प्रदर्शनमा राखेको छ । नेपाली बजारमा यसको मूल्य भेरिएन्टअनुसार ५१ लाख ९९ हजारदेखि ७४ लाख ९९ हजारसम्म रहेको छ ।
कम्पनीका अनुसार जी–७ मोडलको पिकअप गाडीको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ रहेको छ । लक्जरी र फ्ल्यागसिप अटो प्रिमियम मोडेलको मूल्य क्रमश: ६५ लाख ४० हजार र ७४ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जसमा शोको मुख्य आकर्षण बनेको टप–एन्ड फ्ल्यागसिप मोडेलको मूल्य ७४ लाख ९९ हजार तोकिएको छ ।
कम्पनीका अनुसार शोको पहिलो दुई दिनमै १० वटा गाडी बुकिङ भइसकेका छन् भने शो अवधिभर ५० वटा बिक्री गर्ने लक्ष्य राखिएको छ ।



















प्रतिक्रिया