Logo

अर्थ

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात



काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को साउन महिनामा एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ ।

भन्सार विभागकाअनुसार गत महिना एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ ।

कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १४.९८ प्रतिशत छ । आयातको हिस्सा भने ८५.६७ प्रतिशत छ । गत वर्षको साउनमा आयातको हिस्सा ९१.३० प्रतिशत थियो भने निर्यातको हिस्सा ८.७० प्रतिशत थियो ।

साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल,पाँच अर्ब ८८ करोड ७७ लाखको डिजेल र चार अर्ब ६६ करोड ६४ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।

देशमा १० अर्ब ८० करोड ९५ लाख बराबरको कच्चा सोयाबिन तेल,  तीन अर्ब ४१ करोड ९२ लाखको स्मार्टफोन, एक अर्ब ७४ करोड ४८ लाखको मोटरसाईकल, तीन अर्ब सात करोडको फलामजन्य वस्तु र एक अर्ब ५२ करोड ६३ लाख बराबरको सुन आयात भएको छ ।

 

 

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १२:३३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।