Logo

अर्थ

उखु किसान आन्दोलित, १३ जिल्लाका किसानहरू माइतीघरमा जम्मा



उखु किसानले आइतबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। १३ जिल्लाबाट आएका किसानहरू उखु लिएर माइतीघरमा जम्मा भएका हुन्।

उखुमा गत आर्थिक वर्ष ०८१/८२ को प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान भुक्तानी गर्नुपर्ने, मूल्य निर्धारणमा किसानको सहभागिता सुनिश्चित गर्नुपर्ने, अनुदान तुरुन्त उपलब्ध गराउनुपर्ने र उखुमा लाग्ने भ्याट खारेज गर्नुपर्ने माग अघि सारेका छन्।

सरकारले आवाज नसुनेपछि किसान धर्ना दिन काठमाडौं आउन बाध्य भएका हुन्। आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने किसानहरूको अडान छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार २०:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।