काठमाडाैं। गणेश चतुर्थीको पावन अवसरमा पूजाआराधनाका लागि सराङकोट केवलकारमा विशेष छुट दिएको छ। केवलकारमा नेपाली र भारतीय पर्यटकलाई विशेष ५० प्रतिशत छुट दिइने भएकाे हाे।
त्यसैगरी, नेपाली नागरिकले ७०० को टिकट ३५० र भारतीय पर्यटकले १००० को टिकट ५०० मा मात्र यात्रा गर्न सक्नेछन्। याेसंगै, प्रत्येक सोमबार सराङकोटमा साँझ ६ बजे हुने सन्ध्या आरतिका लागि नेपाली भक्तजनलाई विशेष छुटको व्यवस्था गरिएको छ। साँझ ४ बजेदेखि सुरु हुने टिकट दर रु. ७०० मा रहेको भए पनि उक्त समयमा केवल रु. २५० मा यात्राको सुविधा उपलब्ध हुनेछ। सन्ध्या आरति नसकिएसम्म केवलकार सञ्चालनमा रहने व्यवस्था गरिएको छ।
यस्तै, प्रत्येक मंगलबार पञ्चमुखि गणेशको दर्शन गर्न जाने भक्तजनलाई समेत नियमित ७०० को टिकटमा २० प्रतिशत छुट दिइँदै आएको व्यवस्थापनले जनाएको छ। लेकसाइडको सेदी वगरदेखि सराङकोटसम्म केवल ९ मिनेटमै पुग्न सकिने केवलकारमा थप सुविधा स्वरूप लेकसाइड क्षेत्रबाट यात्रुलाई निःशुल्क यातायात सुविधा उपलब्ध गराउँदै आएको छ।




















प्रतिक्रिया