काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा सरकारले १४ अर्बभन्दा बढी ऋण थपेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयकाअनुसार साउन मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ८३ अर्ब ६० करोड पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादन (GDP) को ४३.९४ प्रतिशत हो ।
कुल ऋणमध्ये वैदेशिक ऋण ५२.२६ प्रतिशत (रु १४ खर्ब २ अर्ब) र आन्तरिक ऋण ४७.७४ प्रतिशत रहेको छ ।
सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा साउनमा ४४ अर्ब ५७ करोड उठाइसकेको छ (७.४८%)।
साँवा–ब्याज तिर्नका लागि विनियोजन गरिएको ४ खर्ब ११ अर्ब बजेटमध्ये साउनमा ३६ अर्ब ६८ करोड (८.९३%) भुक्तानी भइसकेको छ ।




















प्रतिक्रिया