Logo

अर्थ

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४ हजार ८११.५७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

जसमध्ये ५४ हजार ८११.५७ कित्ता आम सर्वसाधारण र ५० हजार कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ । सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र संस्थापकका लागि प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ ।

सर्वसाधारणले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र र संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १०:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।