Logo

अर्थ

सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० पुग्यो



काठमाडौं । बिहीबार सुन उच्च मूल्यमा काराेकार भएकाे छ । आज सुन तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि साउन २३ गते पनि यहीं मूल्यमा सुनको कारोबार भएको थियो । सुनको यो मूल्य नै उच्चतम हो ।

चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३४५ रुपैयाँ रहेको चाँदी आज २३५५ रुपैयाँ कायम भएको छ । यसअघि चाँदीको मूल्यले २३६० रुपैयाँको उच्चतम रेकर्ड राखेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ११:४२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।