Logo

अर्थ

सरकार र उखु किसानबीचको वार्ता सहमतिबिना सकियो



काठमाडौं । सरकार र उखु किसानबीच भएको वार्ता कुनै सहमतिबिना सकिएको छ । शुक्रवार सिंहदरबारमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको उखु किसान सङ्घर्ष समितिका प्रवक्ता उमेशचन्द्र यादवले बताए ।

वार्तामा कृषिमन्त्री रामनाथ अधिकारीले केही दिन आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका थिए । जवाफमा सङ्घर्ष समितिले आन्दोलन नरोकिने, तर यसको स्वरूप परिवर्तन गर्न सकिने बताएको थियो ।

प्रवक्ता यादवका अनुसार, किसानले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानको माग राखेका छन् । उनले कृषि मन्त्रालयको वार्षिक बजेटमा उखु किसानका लागि २ अर्ब रुपैयाँ छुट्याइए पनि अर्थ मन्त्रालयले रकम रोकेको आरोप लगाए ।

यादवले शनिवार बिहान ११ बजे माइतीघरमा पत्रकार सम्मेलन गरी आन्दोलनको आगामी रणनीतिबारे जानकारी दिने बताए । उनले उखु किसानको ७५ करोड रुपैयाँ निकासा भइसकेको र दशैँअघि थप ७५ करोड निकासा गर्नुपर्ने माग राखे ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार १९:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।