Logo

अर्थ

सुनको मूल्यमा रेकर्ड, कतिमा हुँदैछ काराेबार?

चाँदी पनि हालसम्मकै उच्च



काठमाडौं । शुक्रबार सुन आइतबार थप महँगिएको छ । आज एकैदिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकैदिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २४२५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १०:५७   :  बजे

174
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।