काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि शतप्रतिशत हकप्रद सेयर (१ः१ अनुपातमा) जारी गर्न लागेको छ । बैंकले हालको चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार ६ सयकाे आधारमा १०० अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता सेयर निष्कासन गर्दैछ ।
हकप्रद सेयरको लागि बैंकले भदौ ९ गते बुक क्लोज गरेको थियो, जसअनुसार भदौ ८ गतेसम्म कायम सेयरधनीहरू आवेदन दिन योग्य हुनेछन् । आवेदन दिने अन्तिम मिति असोज २२ गते तोकिएको छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले सम्बन्धित शाखा कार्यालयहरू तथा ‘मेरो सेयर’ मार्फत आवेदन दिन सक्नेछन् ।




















प्रतिक्रिया