काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ५५ अर्ब रुपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले आजै अर्थात् भदौ १५ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
सावाँ तथा ब्याज भुक्तानी आगामी असोज ५ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।




















प्रतिक्रिया