Logo

अर्थ

सेयर बजारमा ३१ अंकको गिरावट, ६ अर्ब माथिकाे काराेबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३१.१७ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ ।

आज २१ कम्पनीको सेयर मूल्य बढेको छ भने २२८ कम्पनीको मूल्य घटेको छ ।

आज ६ अर्ब ६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २८ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.७७ प्रतिशतका दरले कमाएका छन् । आज ग्लोबल आइएमई समुन्नत योजना २ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आईतवार १५:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।