Logo

अर्थ

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई र्‍याडिसन होटलमा २० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र र्‍याडिसन होटलबीच विशेष छुट सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

एनआईसी एशिया बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्ने छन् भनेAirport Lounge and Restaurant, Pastry Shop र  Tranquillity Spa मा १५ प्रतिशतको छुट उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार ११:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।