काठमाडौं । आज सेयर बजार बढेको छ । नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१ को विन्दुमा कायम भएको छ ।
आज १०६ कम्पनीको सेयर मूल्य घटेको छ भने १४३ कम्पनीको मूल्य बढेको छ ।
आज ५ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको २४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.०७ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ७.६८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया