Logo

प्रमुख समाचार

अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकको पहिरो हटाउन सुरु



चितवन । शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

आइतबार बिहानैदेखि पहिरो हटाउन थालिएको छ । कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६:३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ।

पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आज बिहानबाट सुरु भएको हो ।

यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ ।

सकभर वैकल्पिक सडकको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार ०७:२८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।