Logo

प्रमुख समाचार

पहिरोले मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध



काठमाडौँ । मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध भएको छ । धादिङको जवाङ खोलानजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

गएराति गएको पहिरो पन्छाउने कार्य जारी रहेपनि निरन्तर पहिरो खस्दा बाटो सञ्चालनमा आउन नसकेको हो । पहिरो हटाउन दिनभर लाग्ने देखिएकोले वैकल्पिक सडकको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

यात्रुहरूलाई सुरक्षित ठाउँमा रहन र लेन अनुशासन पालना गर्न पनि प्रहरीले आग्रह गरेको छ ।

दुईतर्फी सडक अवरुद्ध हुँदा दसैँको लागि राजधानी छाड्ने क्रममा रहेका सयौँ सवारीसाधन रोकिएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार ०९:०१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।