Logo

अर्थ

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग



काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले हालै भोटोकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख आर्थिक सहयोग गरेको छ ।

साथै, सो रकम बाहेक यस संस्थाका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी सो रकमको विभिन्न राहत सामाग्री नेपाल सरकारको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा, टेकुमा जम्मा गरेका छन् ।

विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एनएमबि क्यापिटल शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ ।

साथै, बेपत्ताहरूको शीघ्र सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १७:२९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।