Logo

प्रमुख समाचार

भारतमा सामाजिक सञ्जालमाथि रोक लगाउन सरकार स्वतन्त्र



काठमाडौं । भारतका एक अदालतले सामाजिक सञ्जाल प्लेटफर्म एक्स (पहिलेको ट्वीटर) ले दायर गरेको रिट खारेज गर्दै सरकारले सामाजिक सञ्जालहरूलाई नियमन गर्नुपर्ने आदेश दिएको छ ।

कर्नाटक उच्च अदालतले बुधबार इलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल कम्पनी एक्स कर्प (formerly twitter) ले दायर गरेको एक याचिका खारेज गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

उक्त याचिकामा भारत सरकारका अधिकारीहरूले सामाजिक सञ्जालका कन्टेन्ट ब्लकको आदेश दिन सक्ने अधिकारमाथि चुनौती दिइएको थियो।

अदालतले फैसलामा भनेको छ–“भारतमा सामाजिक सञ्जाल कम्पनीहरूलाई अनियन्त्रित ढंगले सञ्चालन गर्न दिन सकिँदैन। उनीहरुलाई नियमन र नियन्त्रण गर्न सरकार सक्षम र स्वतन्त्र छ ।

एक्स कर्पले सूचना प्रविधि ऐन, २००० को धारा ७९ (३) (बि) अन्तर्गत अधिकारीहरूले सूचना रोक्का आदेश दिन पाउने अधिकार छैन भन्दै याचिका दायर गरेको थियो।

कम्पनीको तर्क थियो कि यस्तो कार्यवाही धारा ६९ ए र २००९ को नियमावली (Information Technology Rules) अन्तर्गत मात्र सम्भव हुन्छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार १९:३५   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।