Logo

प्रमुख समाचार

अबको जेन-जी आन्दोलनले कोतपर्व बिर्साउँछ, नेताहरु कोही पनि बाँच्नेवाला छैनन् : नागरिक समाजका अगुवा डा.दीक्षित



काठमाडौं । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले यसपटकको जेन–जी आन्दोलन शुद्धीकरणको अभियान भए पनि दवाइएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब अर्को जेन–जी आन्दोलन कोतपर्वलाई बिर्साउने खालको हुने पनि उनले चेतावनी दिए । अबको जेन–जी आन्दोलनमा अहिले कुटाइखाएका, भागेर ज्यान बचाएका नेताहरु कोही पनि बाँच्न नपाउने उनले बताए ।

‘घुसपैठ नभइकन यिन (जेन–जी) ले साँच्चिकै विद्रोह गरे भने त त्यसबेलामा यसपाली जति नेताहरु ज्यान बचाएर बसेका छन्, कोही भागे, कोहीले कुटाइमात्रै खाए । तीहरु अर्को आन्दोलनमा कोत पर्व र फ्रेन्च रिभोलुशनलाई विर्साउने गरिकन विद्रोह हुनसक्छ । यो अवस्था आउँछ ।

अहिलेको शुद्धीकरणको आन्दोलनलाई यिनले दवाइदिए । अर्को रिभोलुशन सत्ताका लागि नै यिनीहरु अगाडि बढ्नेवालामा छन् । त्यसबेलामा यिनीहरुको ज्यान पनि बच्नेवाला छैन । यसपाली ज्यान त बच्यो । तर, अर्को आन्दोलनमा भयंकर विद्रोह हुन्छ । अब सत्ता प्राप्तिको लागि नै यिनीहरु लड्छन् । यसपाली त्यो थिएन, शुद्धीकरणको थियो,’– उनले भने ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार १३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।