Logo

खेलकुद

नेपाल वेस्ट इन्डिजलाई हराउँदै टी-२० सिरिजमा च्याम्पियन



काठमाडौं । दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० सिरिज नेपालले २-१ को अन्तरले जितेको छ।

यूएईको शारजाह क्रिकेट मैदानमा सम्पन्न फाइनलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाएर १२२ रन बनायो। लक्ष्य पछ्याएको वेस्ट इन्डिजले बिना कुनै विकेट गुमाए १२.२ ओभरमै १२३ रन बनाउँदै १० विकेटको सहज जित हासिल गर्यो।

यो फाइनलमा नेपाल पराजित भए तापनि पहिलो दुई खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रन र ९० रनले पराजित गर्दै सिरिजमा अग्रता बनाएको थियो।

वेस्ट इन्डिजका ओपनर अमिर जाङ्गुले ४५ बलमा अविजित ७४ र अकिम अगस्टेले ४१ रन बनाएर जितमा महत्वपूर्ण योगदान दिए।

यसरी, तीन खेलको सिरिजमा नेपालले पहिलो दुई खेलमा देखाएको उत्कृष्ट प्रदर्शनका कारण वेस्ट इन्डिजमाथि २-१ को जित हासिल गरी च्याम्पियन बन्न सफल भयो।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार ०७:२१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।