Logo

कर्पोरेट फोकस

झापा विमानस्थल विस्तारको काम छिटै सुरु हुने: पर्यटन मन्त्री



गृह जिल्ला ताप्लेजुङको एक हप्ता बसाई  सकेर शुक्रबार काठमाडौं फर्किने झापाको  विमानस्थल हुँदै आएका पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल सरकारले घोषणा गरेका स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालना गर्दै अबका दिनमा लामो समय थला परेको पर्यटन क्षेत्र बिस्तारै उठ्ने बताएका छन् ।
 
मन्त्री भट्टराईका अनुसार, ‘महिनाको १० अर्ब जति पर्यटन क्षेत्रमा घाटा भएको छ । यो अवधिमा लगभग १ खर्ब पर्यटन क्षेत्रले गुमाएको छ ।’ हिमाल आरोहण, पदयात्रा, होटल र होमस्टेहरु खुलिसकेको जानकारी दिँदै मन्त्री भट्टराईले अहिलेको अवस्थामा होसियारीका साथ आन्तरिक पर्यटनमा जोड दिनुपर्ने बताए । भट्टराईले विदेशी नागरीकहरुलाई पनि नेपाल आवागमनका निमित्त पर्यटक भिसा खुल्ला गर्ने तयारी पनि पुरा भएको पनि बताए ।

मन्त्री भट्टराईले झापा विमानस्थलको  प्लान र विस्तारका बारेमा बोल्दै मन्त्री भट्टराईले भने, ‘मास्टर प्लानको प्रक्रिया सकियसँगै विमानस्थल विस्तारको काम पनि छिटै सुरु हुने छ ।’ 

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार