काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले सिंहलाई विद्यालय, मन्दिर लगायतका उपभोक्ता समितिहरूको रकम भ्रष्टाचार गरेर निजी खातामा राखेको आरोपमा कारबाही प्रक्रिया अघि बढाएको हो ।
सिंह महोत्तरी क्षेत्र नं. ४ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनीसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
अख्तियारकाअनुसार सिंहले विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये झन्डै २८.२५ प्रतिशत अर्थात् ३८ लाख ५० हजार ३१९ घुसस्वरूप लिएका थिए । उक्त रकम उनले आफ्नै र श्रीमतीको संयुक्त खातामा राखेको र केही रकम आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा समेत जम्मा गराएको अख्तियारको अनुसन्धानले देखाएको छ ।



















प्रतिक्रिया