काठमाडौं । कर्णाली याक्स स्पोर्टस् प्रा.लि. र नेबिको लिमिटेडबिच सहप्रायोजनका लागि सम्झौता भएको छ । बिहीबार याक एन्ड यती होटेलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र नेबिकोका अशोक पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता कार्यक्रमा नेबिकोका सीईओ होम न्यौपाने र मार्केटिङ हेड अरुन पौडेल तथा कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत उपस्थित थिए ।
कर्णालीका निर्देशक घिमिरेले देशको विषम परिस्थितिमा क्रिकेटले नेपालीलाई जोड्ने काम गरिरहेको बताउँदै नेपाल प्रिमियर लिग (एनपिएल) हुन लागेकोमा खुसी व्यक्त गरे ।
नेबिकोका सीईओ न्यौपानेले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको र कर्णालीमार्फत एनपीएलसँग जोडिन पाउँदा हर्षित भएको बताए । एनपिएलको दोस्रो संस्करणको लागि भएको हो । नेबिकोले सन् १९६४ देखि नेपाली बजारमा बिस्कुट, कुकिजजस्ता खाद्यन्न उत्पादन गरिरहेको छ ।
नेबिको गुल्कोज, कोकोनट बिस्कुटलगातय उत्पादन चर्चित छन् । एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ सम्म हुँदैछ ।




















प्रतिक्रिया