Logo

प्रमुख समाचार

कूटनीतिक नियोग र राजदूतहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित सबै कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूसँग छलफल गर्ने भएकी छिन् ।

दिउँसो साढे २ बजे सिंहदरबारमा उनीहरूसँग छलफल हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

बैठकमा नेपालस्थित सबै (२६)कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई छलफलमा बोलाइएको बताइएको छ ।

बैठकमा नेपालको समसामयिक अवस्थाका र २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलगायतका विषयमा ब्रिफिङ हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार ०८:३९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।