Logo

प्रमुख समाचार

पूर्वडीआईजी कृष्णबहादुरलाई लाइफटाइम अचिभमेन्ट अवार्ड



काठमाडौं । नेपाल प्रहरीको ७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्णबहादुर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रर्दान गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समरोहमा गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई सम्मानत गरे ।

दाङको नवलपुरमा जन्मिएका र हाल काठमाडौंको महाराजगञ्जमा बस्दै आएका राना २०६५ असोज १ गते सेवा निवृत्त भएका थिए । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम प्राप्त उनले गोरखा दक्षिणबाहु, त्रिशक्तिपट्ट तेस्रो लगायतका विभिन्न पदक, पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा गृहमन्त्री अर्यालले कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएकाका परिवारलाई अमर प्रहरीको रुपमा कदर पत्रसहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार १२:१६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।