Logo

प्रमुख समाचार

रोलेक्स घडी धन्न झोलामा राखेर, लगाएर हिँडेको भए त बर्वादै हुने: मन्त्री पुन



संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आफ्नो घडीको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

ताप्लेजुङ भ्रमणका क्रममा उपहारस्वरूप पाएको रोलेक्स घडी उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै रमाइलो शैलीमा अनुभव बाँडेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनुभयो। मैले लगाएर हिँडेको भए त बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ।’

उनले उक्त घडी तुरुत्त नबेच्ने पनि जानकारी दिएका छन् । उनी लेख्छन्, ‘तीन वर्षपहिला पनि युकेमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुकमै राखेर बेचिदिएको थिएँ। तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार २१:१८   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।