पोखरा । पोखरा घुम्न आएका पर्यटक लुट्न खोज्ने दुई जनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।
जर्मन पर्यटक एन्स पिटर नार्जिनलाई आइतबार पोखराको अनदुमा हतियार देखाएर लुट्न खोजिएको थियो ।
उनीहरूलाई वडा प्रहरी कार्यालय बैदामले आइतबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तनहुँको व्यास घर भई पोखरा बस्ने विशाल दर्लामी र पोखरा ९ कृष्णटोलका नविन विक छन् ।
पक्राउ परेका दुवै जनालाई अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
६६ वर्षका पिटर २ महिना अघि घुम्नका लागि पोखरा आएका थिए ।




















प्रतिक्रिया